हरिवंशको दोस्रो बिहे Jun21

Tags

Related Posts

Share This

हरिवंशको दोस्रो बिहे


कलाकार हरिवंश आचार्यले दोस्रो विवाह गरेका छन्। डेढ वर्ष पहिले पत्‍नी मीरा आचार्यको निधनपछि उनले आज रमिला पाठकसँग बिहे गरेका हुन्। फेसबुकमा रवीन्द्र समीरले बिहेको फोटो राखेका छन्।

उनका अनुसार हरिवंश भन्दा १० वर्ष कान्छी रमिला बुटवलकी हुन्। उनका श्रीमान‌को पनि निधन भइसकेको छ। बिहेमा नजिकका थोरै मात्र सहभागी थिए। मदनकृष्ण श्रेष्ठ आफ्नी पत्‍नीको उपचारका लागि बैँककमा रहेकोले फोनबाट मात्र शुभकामना दिएका थिए।

उनले फेसबुकमा लेखेका छन्- पत्‍नीको अचानक निधन भएपछि बिक्षिप्त बन्नुभएका हरिबंश दाजुलाई उहाँका छोराहरु त्रिलोक र मोहित, दिदिहरु एबम अन्य परिवार, मदनकृष्ण दाइ लगायत धेरै कलाकारहरु, सुभेच्छुकहरु आदिको अनुरोधमा आज उहाले रमिला पाठकसँग सहयात्रा गर्ने औपचारिक बिबाह बन्धनमा बाधिनुभयो । यो बिचको समय नेपाली कला, समाजसेवा एबम आफ्ना कामहरु पूर्ववत गर्न असमर्थ हरिबंश दाइ यो बिबाहले पहिलेकै अवस्थामा सकृय हुनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ।

हामी पनि त्यही आशा र अपेक्षा गर्दछौँ।

468 ad