मुन्नीको देखासिकी कान्छी बदनाम

हिन्दी फिल्म दबङ्गको मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए गीतको नक्कल गर्दै नेपाली फिल्म थ्याङ्क युमा कान्छीलाई बदनाम गरिएको छ। यो गीतमा कान्छी बदनाम भई डार्लिङ तिम्रै लागि भनिएको छ। गीत भिडियोमा हेर्नुस्-
यो गीत लेख्ने शंकर अधिकारी ‘घायल’ हुन्। नामले चिन्नु भएन होला। सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला भन्ने गीत त पक्कै सुन्नुभा होला। हो, त्यही गीत लेख्नेले नै यो गीत पनि लेखेका हुन्। किन यस्तो लेखेको भनेर सोध्दा निर्माता-निर्देशकले अह्राएको कारणले नै यस्तो गीत लेखेको बताउँदा रैछन्।
तर मुन्नी बदनाम चाहिँ भारतीयहरुको ओरिजिनल रचना हैन। सन् १९९२ मा नै पाकिस्तानमा लड्का बदनाम भइसकेको थियो। उमर सरिफको मिस्टर चार्ली फिल्ममा त्यो गीत थियो। हेर्नुस्-
हिन्दी फिल्मको चलेको गीत नेपालीमा बनाइएको यो पहिलो पटक भने हैन। यसअघि कजरा रे कजरा रे गीतको लयलाई पनि मखमली सयपत्री बोलको गीत बनाइएको थियो। हेर्नुस्-
यो भन्दा त बरु हिन्दी गीतलाई नेपाली शैलिमा गाएको यो गीत बरु फरक र हाँसउठ्दो छैन र ![]()





हा हा , मुन्नी ले नेपाल लै पनि प्रभाप पर्यो
कति कापी गर्न सके को
अक्कल बिनाको नक्कल गर्ने त नेपाली सिनेकर्मीहरुको बानी नै हो नि! हिन्दी चलचित्रको हुबहु नक्कल गरेपछि फिल्म मज्जाले चल्छ भन्ने अबधारणा परिवर्तन नभएसमम यस्तो सस्तो र नक्कली काम भइरहनेछ।
यो सब पछौटे पन को उपज हो .सेन्सोरबोर्ड ले कडा नियम उपायोग गर्नुपर्छ