नयाँ नरगिस

हिन्दी सिनेमामा एक नरगिस सन् १९६७ सम्म सक्रिय थिइन्। उनलाई हिन्दी सिनेमा कै सबैभन्दा राम्री हिरोइनहरुमध्ये एकका रुपमा लिइन्छ। अहिले भने नयाँ नरगिस देखा परेकी छिन्- नरगिस फाख्री। रकस्टार फिल्ममा खेल्नुअघि उनको परिचय अमेरिकी मोडलका रुपमा थियो। उनी अमेरिकी नागरिक हुन्। उनको जन्म न्युयोर्कमा भएको हो।

गत वर्षको हिट फिल्म रकस्टारका कयौँ दृश्य चेक गणतन्त्रमा खिचिएका थिए। संयोग के भने उनकी आमा चेक हुन्। उनका पिता भने पाकिस्तानी हुन्। उनी ६/७ वर्षकी हुँदा आमाबाबुबीच सम्बन्ध विच्छेद भएको थियो।

यी केही फोटोहरु उनले आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेकी हुन्।






Recent Comments