ऐश्वर्याकी छोरीको पहिलो फोटो Sep19

Tags

Related Posts

Share This

ऐश्वर्याकी छोरीको पहिलो फोटो


पूर्व मिस वर्ल्ड ऐश्वर्या रायकी छोरी जन्मेको १० महिना भइसक्दा पनि उनको कुनै फोटो सार्वजनिक भएको थिएन। सार्वजनिक भएको भनिएका फोटोहरु पनि नक्कली थिए। बच्चन परिवारले निकै गोप्य राखेको हुनाले छोरी आराध्याको फोटो हेर्न मानिसहरु लालायित थिए। तर अन्ततः सोमबार अमेरिका जान लाग्दा आमाछोरीको फोटो खिच्न एक जना सफल भएका छन्।

पिङ्कभिल्ला वेबसाइटका फोटोग्राफरले अनुहारसहित ऐश्वर्याकी छोरीको फोटो खिचेका हुन्।

धुम ३ को सुटिङका लागि अमेरिकामा व्यस्त रहेका अभिषेक बच्चनलाई भेट्न जान लागेकी ऐश्वर्याको हातमा रहेकी छोरीको फोटो मुम्बई एअरपोर्टमा खिचिएको हो।

थप फोटो पिङ्कभिल्लामा हेर्न सक्नुहुन्छ।

468 ad