Tags

Related Posts

Share This

नहराउने स्मार्ट मोजा


अफिस जानु पर्दा मोजा खोज्दा खोज्दा हैरान हुनुभा’छ ? त्यसो भए स्मार्ट मोजा तपाईँको लागि। यो स्मार्ट मोजा हराउँदैन। कहाँ राखिएको छ भनेर ठ्याक्कै देखाउँछ। अहिलेलाई आइफोनको एप्सले मोजा कहाँ छ भनेर देखाउनेछ। भविष्यमा एन्ड्रोइड फोनका लागि पनि एप्स आउला।

यो विश्वको पहिलो स्मार्ट मोजा स्विटजरल्यान्डको कम्पनी ब्ल्याकसक्सले बनाएको हो।

यसले कसरी काम गर्छ त ?

सबै मोजामा कम्युनिकेसन बटन हुन्छ। भनेको एउटा सानो चिप युनिक आइडी भएको। चिप भएको मोजा किनेर आइफोन आयप किनेपछि त्यो आयपले आइडी भएको मोजा खोज्नेछ। अनि कहाँ छ भनेर ठ्याक्कै पत्ता लगाउनेछ।

त्यति मात्र हैन, मोजा कति पटक धोइयो, दायाँ खुट्टाको हो कि बायाँ खुट्टाको मोजा हो सबै बताउनेछ।

468 ad