Barfi ले चोरेका सिन Sep26

Tags

Related Posts

Share This

Barfi ले चोरेका सिन


भारतले अर्को वर्ष हुने अस्कर अवार्डको उत्कृष्ट विदेशी भाषाको फिल्मका लागि हिन्दी फिल्म बर्फी पठाउने भएको छ। यो फिल्म त्यहाँको जुरीले हेरेपछि कति हाँस्ने हुन् कुन्नि। भारतले राम्रो भनी पठाएको फिल्मका कति सिनहरु अरु फिल्महरुबाट जस्ताको तस्तै चोरिएका छन्, भित्रको भिडियो हेर्नुस्।

कसैले फिल्म नहेरेको भए यो प्रोमो त हेरेकै हुनुपर्छ

यो सिन चार्ली च्याप्लिनको द एडभेन्चरर फिल्मबाट चोरिएको हो। हेर्नुस्

फिल्ममा हिरोइनकी आमाले हिरोइनलाई आफ्नो पहिलेको प्रेमीको बारेमा बताउँछ। त्यो दृश्य द नोटबुक फिल्मबाट प्रभावित छ। हेर्नुस‌-

फिल्मको अन्त्यमा रणवीर मर्न लागेको हुन्छ र प्रियङ्का पनि सँगै सुतेर मर्छिन्। यो पनि नोटबुकको यो दृश्यबाट प्रभावित छ-

अनि रणवीरले ढोका खोल्दा नाक ठोक्किने र सोफामा डमीसँग बसेर खेल्ने दृश्य चाहिँ सिङ्गिङ इन दि रेनबाट चोरिएको हो। हेर्नुस्-

रणवीर कपुर शालिकमा सुतिरहेको दृश्य पनि चार्ली च्याप्लिन कै सिटी लाइटस फिल्मबाट चोरिएको हो। हेर्नुस्

पुलिसले पक्रन आउँदा रणवीरले छल्ने क्रममा भर्‍याङको प्रयोग गर्ने दृश्य त झन् ठ्याम्मै बस्टर किटनको कप्स फिल्मबाट चोरिएको हो। हेर्नुस्-

अनि यो एउटा हिन्दी फिल्म पनि। रणवीरले बाउ कराएको सुन्न सक्दैन। यो सिन चाहिँ कोशिश फिल्मबाट प्रभावित छ

फिल्ममा अधिकांश समयमा एउटा म्युजिक बज्ने गर्छ-

त्यो चाहिँ एमिली फिल्मका यी दुई गीतबाट प्रभावित छ-

अनि अँ, लास्टमा यो ब्लगको सामाग्री चाहिँ यहाँबाट चोरिएको हो है।