नम्रता बिहे फोटोमा

बिहेको फोटोग्राफी विदेशमा खुब चलेको व्यवसाय हो। छिमेकी देश चीनको २६० वटा शाखा भएको यस्तै बिहेका फोटो खिच्ने कम्पनी मिलान इन्टरनेसनल वेडिङ फोटोग्राफीले नेपालमा पनि शाखा खोलेको छ। यही शाखाको प्रचारमा शुक्रबार याक एन्ड यति होटलमा एउटा फेसन सोको आयोजना गरियो। त्यसमा हिरोइन नम्रता श्रेष्ठ पनि यो पहिरनमा सहभागी भएकी थिइन्।

यस्तो फोटोग्राफी गराउन ५०० देखि १५ लाख र २० लाखसम्मको प्याकेज भएको कम्पनीले जनाएको छ।


फोटो सौजन्यः नेपालन्युज (नम्रताको) र बाँकी मिलान इन्टरनेसनलबाट






क्रिस्चियन हरु को लगानी !
पोइ मोरे पछी सेतो लगाउने देश मा यस्ता लुगालाई बिहे को लुगा भनेर मोडेलिंग गर्नु भनेको अप्रत्यक्ष्य रुपले क्रिस्तान धर्म घुसाउनु हो! नेपालि हरु को बुद्दी भुट्न क्रिस्चियन हरु को लगानी को नमुना हो यो ! नभए बिहे को लुगा रातो सारी हुनु पर्ने ! तेस्ता मोडेलिंग हेर्न कस्ता मान्छे गयेचन तिनको अनुहार हेर्न पाए हुन्थ्यो !
सोनाम लिम्बुको बिचार मलाई एकदम सहि नै लाग्यो . येस्ता कुराहरुलाई एकदम होस् पुर्याउनु पर्छ है साथीहरु हो .
यो कुरा ठिक . क्रिस्चैन हरु ले अरु लै फ़सुअ६
रातो नै लाउनु पर्छ भन्नु पनि हिन्दुहरु बढी अधिपत्य हुनु होइन र त्यस माथि पनि मंगोलिएनको धेरै जातिहरुमा बिहेमा रातै लाउनु पर्ने भन्ने छैन हो ।
ओ हो, म पनि मंगोलियन, अरुको चलनलाई त्यसरी दोष नदिनुहोला! सेतो रंगको उपयोग, अर्थ ठाउं अनुसार, जाति-लिंग अनुसार गरिन्छ. नेपालमा अर्काकै जे भित्राए पनि आफैलाई ऐना हेर्नुहोला B positive .
जे देखे पनि तर्सिने रोग बाट मुक्त कहिले हुने हो ?
अर्को कुरा, राइ लिम्बु, मगर गुरुङ, थामी, धिमाल, थकाली, तामांग, आदि मंगोलियन नभएर किराती हरु हुन्| जेंगिस खान को प्रभावमा परि गलत अर्थ्याईमा प्रयोग भई रहेको छ यो शब्द नेपाली जनमानसमा | मंगोल शब्दले खास कुनै ठुलो ethnic जमातको प्रतिनिधित्व गर्दैन| यो त खाली मंगोलियासंग नाता राख्ने शब्द मात्र हो| जब कि मंगोलिया संग, एतिहासिक, सांस्कृतिक, र जैविक, सम्बन्ध रहेको चीन, कोरिया, आदिले त आफुलाई मंगोलियन भन्दैन|
नेपाल मा पनि पैस्सा छ महँगो को कपडा लागौछा यो कपडा कति हजार हो ल जामा १५००० हुनु पर्छा बोरु हिन्दु को सर्री नै २०००० पर्छा
सोनाम जी को तर्क संग सहमत छु / ए बाबै, नेपाल मा आएर बिहेको फोटो खिच्ने मुला’साग लाइ नेपालीले बिहेमा कस्तो लुगा लाउछन भन्ने सुद्द थाहा भएनछ / बबुरो – चीन को कम्पनि, नाम चै “मिलान”, उस् उस्, नामै चोरी चकारी को छ, क्रिस्तान होस् कि जो सुकै होस्, सेता लुगामा फोटो खिचेर पैसो जो कमाउनु छ ! येत्तिका फोटा त मेरो १०० डलर को भारेभुरे क्यामेरा ले पनि निकाल्छ हाउ /
म १९९८ मा चीन को चंग्दु (सेचुवान राज्य) मा जादा येस्तई सेता लुगा लगाएर फोटो खिचिराको देखेर संगै भा’को चिनिया साथीलाई सोधेको थिए, के थाहा भयो भने चीनमा अधिकांश बुद्ध धर्मावलम्बी भएपनि पश्चिमको नक्कल गरेर बिहे गर्ने चलन रहेछ / अझ के सम्म भने तिमि कुन धर्म मान्छौ भनेर अलि हुनेखाने चिनिया लाइ सोध्यो भने “पैसो नै मेरो भगवान हो” भन्छन /
बिहे को फोटो भनेर हेरेको सारै नमज्जा लागो, बरखी बार्दाको फोटो जस्तो पो रहेछ