अञ्जु पन्तको नयाँ म्युजिक भिडियो

यो आँखाको छड्के नजर,
त्यो आँखामा टाँसियो
फुकाउँझै लाग्दालाग्दै,
अन्योलमा भासियो…
अञ्जु पन्तको नयाँ गीत (गजल) अहिले चल्न थालेको छ। यो गीतको म्युजिक भिडियो पनि अहिले टेलिभिजनहरुमा धेरै बज्न थालेको छ।

गीत मोहिनी एल्बमको हो। यसको रचना जसध्वज गुरुङले गरेका हुन् भने संगीत नरेन्द्र प्यासीको छ।
म्युजिक भिडियोमा भने चर्चित मोडल तथा अभिनेत्री रीमा विश्वकर्माले अभिनय गरेकी छिन्। निर्देशन समन अधिकारीको रहेको छ। म्युजिक भिडियोमा चार वटा सिक्वेन्स छ। एउटामा रीमाले अरेबियन मुस्लिमको रुपमा पूरै जीउ छोपिने लुगामा नृत्य गरेकी छिन्। म्युजिक भिडियो भारतमा खिचिएको हो।

गीतका थप शब्द…
होसियारी चल्ने आँखा
बेसहारा भइदिँदा
हार्नुपर्छ आफ्नै भन्ने
विपक्षमा गइदिँदा
मेरो रुप आफ्नै बाटो
विरुपमा मासियो
फुकाउ झैँ लाग्दालाग्दै
अन्यौलमा भासियो
सानो शंका निभाउन
सत्य सत्य बोल्छ रे
तर्क बिना हार्न परे
यथार्थ यो खुल्छ रे
प्रश्नै प्रश्न उत्तर छैन
लाज बिना हाँसियो
फुकाउ झैँ लाग्दालाग्दै
अन्यौलमा भासियो

म्युजिक भिडियो हेर्नुस्-





हरे राम Video ko gati ….director kasta ?khelna kasta ?
गीत संगीत राम्रो…..भिडियो र पुरुष मोडेल चाही मुला´साग जस्तो !!