गंगनम स्टाइलको रेकर्ड
कोरियाली र्यापर PSY को गंगनम स्टाइल म्युजिक भिडियोले शनिबार नयाँ रेकर्ड राखेको छ। जस्टिन बिबरको ‘बेबी’लाई उछिन्दै गंगनम स्टाइल युट्युबमा अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको भिडियो बनेको छ। जुलाईदेखि भाइरल बन्दै फैलिएर विश्वभर हंगामा मच्चाएको यो भिडियोलाई ८० करोडभन्दा बढी पटक हेरिएको छ।
बिबरको बेबीको नाममा भने अझै एउटा रेकर्ड बाँकी नै छ। उनको यो भिडियो युट्युबमा सबैभन्दा मन नपराइएको भिडियो हो। यो भिडियो ३१ लाख ९२ हजारले मन पराएका छैनन्। गंगनम स्टाइलले भने ३ लाखमात्रै डिस्लाइक पाएको छ।
गंगनम स्टाइलको लोकप्रियतासँगै यसका विभिन्न प्यारोडीहरु पनि युट्युबमा भेटिएका छन्।
सुरु गरौँ नेपाली प्यारोडीबाट। राजेश दाइ र करिश्माको गंगनम स्टाइल हेरौँ-
अब ओबामा स्टाइल
ओबामा हेरिसकेपछि उनका प्रतिस्पर्धी रोम्नी स्टाइल पनि हेर्नुपरिहाल्यो
दक्षिण कोरियाको गीत यत्रो हिट भइसकेपछि उत्तर कोरियाको नहेर्ने त ? किम जोङ स्टाइल
छिमेकी देश नि छिरौँ एक पटक। रजनी स्टाइल





कोरियन गीत “Gangnam Style” सुनेर रमाउने हाम्रो पुस्तालाई थाहा छ कि छैन,यस्तो शैलीको गीत हाम्रो संस्कृतिमा युगौं देखि गाउदै आइएको हो ! होली पर्वमा विशेषगरी तराईमा “जोगिरा…. स.. र.. र.. र..” भन्दै यस्तो शैलीको गीत गाइन्छ ! “जोगिरा… स.. र.. र.. र…” को ठाउँमा Psy ले “Gangnam Style” भनिदिएका हुन् तर यो त खास Nepali Style पो हो त !
http://www.youtube.com/watch?v=LPeCKdf8OYk
joker !!!