गङनम स्टाइल नाच्दानाच्दै मृत्यु
युट्युबमा सबैभन्दा बढी हेरिएको र सबैभन्दा बढी लाइक गरिएको भिडियो गङनम स्टाइलले एक जनाको ज्यान पनि लिएको छ। गङनम स्टाइल गीतमा नाच्दानाच्दै एक जनाको हर्ट अट्याक भएर बेलायतमा मृत्यु भएको छ।
आफ्नी श्रीमति जुलीको बर्थ डे पार्टी मनाउन लंकाशायरको क्लबमा डान्स गरिरहेका तीन बच्चाका बाबु ४६ वर्षीय इमोन किलब्राइड गङनम स्टाइलको धुनमा हर्स डान्स गर्दागर्दै ढलेका थिए। उनलाई हर्ट अट्याक भएको थियो।
चिकित्सकहरु उनी ढलेको पाँच मिनेटमै त्यहाँ आइपुगेका थिए। तर अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भयो।





Recent Comments