Tags

Related Posts

Share This

जन्मनुअघि ‘ध्रुवे’


केही अघि ध्रुवे नामको हात्तीको यति प्रचार भयो कि हात्ती र ध्रुवे एउटै एउटै हो जस्तो बनाइदियो। त्यो ध्रुवेलाई मार्ने भनेर टोली खटिएपछि ह्या मार्नु हुँदैन भन्नेहरु पनि धेरै निस्किए। टोलीले ध्रुवेलाई भेट्टाउन सके पो! अहिलेसम्म गायबै छ। ध्रुवेपछि महिला हिंसा र त्यसपछि डेकेन्द्र थापाको मुद्दा चर्किएको छ अहिले। यही बेला जन्मनुअघिको सानो हात्तीको फोटो इन्टरनेटमा निकै लोकप्रिय भयो।

यो चितवनमा आतंक मच्चाउने ध्रुवे हात्तीको सानो बेलाको फोटो भने हैन। जन्मिनुअघिको हात्तीको भ्रुणको फोटो कहाँ खिचिएको भन्नेबारे थाहा हुन सकेको छैन।

आमा मरेको अवस्थामा भेटिएको र उसैको गर्भमा यो हात्ती रहेको भनिएको छ। यो हात्ती मर्‍यो कि जिउँदै छ भन्ने बारे पनि इन्टरनेटमा यो फोटो राख्‍नेहरुले फरक फरक लेखेका छन्। कसैले मरिसकेको लेखेका छन् भने कसैले अझै जिउँदै छ रे।

468 ad