इन्दिरा जापानी भेषमा


हट नेपाली गायिका इन्दिरा जोशी चौबन्दी चोली अनि रातो घाँघर गीतबाट चर्चामा आएकी हुन्। तर पछिल्लो पटक उनी चौबन्दी चोलीमा हैन, जापानी परम्परागत पोशाक किमोनोमा देखिएकी छिन्।

जापान भ्रमणमा रहेकी इन्दिरालाई त्यो पोशाक उपहार स्वरुप दिइएको उनले बताएकी छिन्। किमोनो लगाएर फोटो खिच्दै उनले ती फोटोहरु आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेकी छिन्। त्यसलाई उनका धेरै प्रशंसकहरुले रुचाएका पनि छन्।

468 ad