नेपाली चेली विश्वकपको बाटो खोज्दै


नेपाली चेलीहरु विश्वकप क्रिकेटमा सहभागी हुन सक्लान् ? अहिले थाइल्यान्ड भइरहेको ACC Women’s Championship 2013 को नतिजाले विश्वकपको बाटो कोर्नेछ।

यो प्रतियोगितामा विजयी हुन सके जुलाई-अगस्टमा आयरल्यान्डमा हुने आइसिसी महिला विश्व ट्वान्टी-२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। त्यसमा आयरल्यान्डसँगै पाकिस्तान, श्रीलंका, क्यानाडा, जापान, नेदरल्यान्डस तथा एसिसी र अफ्रिकाको विजेता गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

आयरल्यान्डमा पनि विजयी हुन सके भने अर्को वर्ष बंगलादेशमा हुने आइसिसी ट्वान्टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्न नेपालले पाउनेछ।

थाइल्यान्डमा भएको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरिसकेको छ। भुटानविरुद्धको खेल नेपालले ८ विकेटले जित्यो। खेलमा प्लेयर अफ दि म्याच भइन् रुबिना

नेपालका आगामी खेल
शुक्रबार युएईसँग
आइतबार मलेसियासँग
सोमबार हङकङसँग
बुधबार सेमिफाइन
बिहीबार फाइनल

फोटो सौजन्यः एसिसी

468 ad