नोकियाको सबैभन्दा सस्तो सेट Apr10

Tags

Related Posts

Share This

नोकियाको सबैभन्दा सस्तो सेट


के तपाइँ प्रविधिको दास बन्न चाहनुहुन्न? तपाइँले देख्नुभएको होला आजभोलि मान्छे समूहमा बस्दा पनि खुसुखुसु मोबाइलमा नेट चलाएर फेसबुक वा टि्वटर चलाउँदै बसेको। बाटोमा हिँड्दा पनि मोबाइलमा नेट चलाउँदै हेर्दै गरेको। के तपाइँ यो सबबाट मुक्ति चाहनुहुन्छ? के तपाइँ मोबाइल भनेको फोन गर्न र फोन उठाउन मात्र ठीक हुने ठान्नुहुन्छ? त्यसोभए तपाइँका लागि नोकिया १०५ जति उपयोगी मोबाइल अरु केही नहुन सक्छ।

नोकिया १०५ नोकिया कम्पनीले बजारमा ल्याएको सबैभन्दा सस्तो मोबाइल फोन हो। अहिले भारतलाई आफ्नो पहिलो बजारका रुपमा लक्षित गरेका नोकिया १०५ को मूल्य त्यहाँ भारु १२५० छ। अर्थात् नेपाली दुई हजार रुपियाँ मात्रै। पहिलो पटक मोबाइल किन्नेहरुलाई नोकियाले आफ्नो लक्ष्य बनाएको छ।

सस्तो मोबाइल भए पनि यो रंगीन छ। अझ यसको ब्याट्री ब्याकअप अविश्वसनीय ढंगले बढी छ। एक पटक फूल चार्ज भयो भने यसले साढे १२ घण्टाको टक टाइम दिन्छ। स्टायन्डबाई राख्ने हो भने त ३५ दिन दिन्छ।

सस्तो मोबाइलका रुपमा नाम कमाएको नोकिया १२८० भन्दा यसको डिजाइन राम्रो छ। नोकिया १२८० पनि निकै लोकप्रिय भएको थियो। १० करोड वटा यस्ता सेट बिक्री भएका थिए। नेपालमा पनि यस्ता सेट धेरै बिकेका थिए। नोकिया १२८० भन्दा पनि नोकिया १०५ को डिजाइन राम्रो छ। यो रंगीन पनि छ। साथै यसमा एफएम रेडियो, बोल्ने घडी र टर्च लाइट पनि छ। गाउँघरका लागि यो उत्तम मोबाइल हुनसक्छ।

यो मोबाइल नेपालमा आउन भने समय भने लाग्न सक्छ। किनभने नोकियाले यसै सातामात्र यो मोबाइल भारतीय बजारमा बेच्न थालेको हो।

468 ad