‘गंगनम स्टाइल’को नयाँ गीत Apr12

Tags

Related Posts

Share This

‘गंगनम स्टाइल’को नयाँ गीत


दक्षिण कोरियाका पप गायक साइले गंगनम स्टाइल गाएर विश्व कीर्तिमान कायम गरे। विश्वभर उनको गीत लोकप्रिय भयो। उनै गायकले शुक्रबार मध्यरात नयाँ गीत रिलिज गरेका छन्। नयाँ गीतको शीर्षक ‘जेन्टलम्यान’ रहेको छ। यसलाई उनले साइ स्टाइल भनेका छन्। तर के यो गीत पनि पहिले जस्तै लोकप्रिय होला त ?

शंका लाग्छ। किनभने यो नयाँ गीत गंगनम स्टाइल जस्तो फास्ट बिटको छैन। त्यो गीत सुन्दै नाचुँ नाचुँ लाग्ने खालको छ। ‘हे सेक्सी लेडी…’ मात्रै हामीले बुझ्ने अंग्रेजी थियो त्यसमा। जेन्टलम्यान भने अलि स्लो छ त्यसको तुलनामा। यसमा अलि धेरै अंग्रेजी प्रयोग गरिएको छ। ‘मदर फादर जेन्टलम्यान’ यसमा बारम्बार दोहोरिन्छ।

‘आइ एम अ’ चाहिँ नेपालीमा ‘आमा..’ झैँ सुनिने रहेछ। सुन्नेहरुले त ‘मदर फादर’ लाई अर्कै अश्लील शब्द सुनियो भनी टिप्पणी पनि गरेका छन्।

गीतको म्युजिक भिडियो बनाइसकिएको छैन। म्युजिक भिडियो बनिसकेपछि यसले केही नयाँ स्टाइल सेट गर्ने हो कि गंगनम स्टाइलको उचाइलाई यसले कहिले छुनै नसक्ने हो, हेर्न बाँकी छ।

अहिलेलाई भने गीत सुन्ने कि-

यो गीतमा उनले गर्न सक्ने डान्स मुभको झलक यहाँ छ-

शनिबार सोलको वर्ल्ड कप स्टेडियममा उनले कन्सर्ट गर्दैछन्। त्यसको लाइभ वेबकास्ट युट्युबले गर्दैछ।

तपाईँलाई के लाग्छ, जेन्टलम्यानले गंगनम स्टाइलकै उचाइ छोला ? आफ्नो कमेन्ट तल लेख्नुहोस्।

468 ad