हिट हुँदै नयाँ ‘गंगनम स्टाइल’ Apr14

Tags

Related Posts

Share This

हिट हुँदै नयाँ ‘गंगनम स्टाइल’

विश्व हल्लाएको कोरियन पप गायक साइको गीत गंगनम स्टाइलको सिक्वेलका रुपमा आएको नयाँ गीत जेन्टलम्यान पनि बिस्तारै लोकप्रिय हुँदै गएको छ। २४ घण्टामै यो गीतको आधिकारिक म्युजिक भिडियो हेर्नेको संख्या २ करोड नाघिसकेको छ। आइतबार राति यी शब्द लेखिँदासम्म युट्युबमा यसको भिडियो हेर्नेको संख्या २ करोड ७६ लाख पुगिसकेको छ। यसअघि भिडियो बिनाको म्युजिकमात्रै पनि सुन्नेको संख्या निकै बढिसकेको थियो।

साइले नयाँ म्युजिक भिडियोलाई पनि रमाइलो बनाएका छन्। नयाँ डान्स मूभहरु पनि यसमा राखिएको छ। तर यसले गंगनम स्टाइल जस्तै भाइरल रुप लिने हो कि हैन, त्यो हेर्न केही समय कुर्नै पर्ने हुन्छ।

हेरौँ जेन्टलम्यानको आधिकारिक म्युजिक भिडियो-

468 ad