Tags

Related Posts

Share This

विश्वको पहिलो एकलकाटे रेस्टुरेन्ट


तपाईँले विभिन्न किसिमका रेस्टुरेन्ट देख्नुभएको होला। तर यस्तो खालको रेस्टुरेन्टबारे तपाईँले अहिलेसम्म नसोचेको हुनुपर्छ। किनभने यो विश्वकै एकमात्र र पहिलो रेस्टुरेन्ट हो। इनमाल नामको आम्सटरडममा खोलिएको यो रेस्टुरेन्टको विशेषता हो- यहाँ एउटा मात्र कुर्सी हुन्छ। हजुर, यो एकलकाटे रेस्टुरेन्टमा दुई जना बस्न मिल्ने कुर्सी नै हुन्न।

एक जना बस्न मिल्ने कुर्सी अनि टेबल। सब आ-आफ्नै कुर्सी र टेबलमा बस्ने। कसैसँग गफिनु पनि पर्दैन, सुरुसुरु खायो, बस्यो, गयो।

एक्लै कहिल्यै रेस्टुरेन्टमा नगएकाहरुका लागि यो एउटा नौलो अनुभव हुनेछ। एक्लै रेस्टुरेन्ट गइरहेकाहरुलाई त यो झन् खासाको रेस्टुरेन्ट भइहाल्नेभयो।

यो रेस्टुरेन्टको फेसबुक पेज हेर्न यहाँ क्लिक गर्नुस्।

468 ad