सस्तो आइफोन खोज्नेलाई एप्पलले लोप्पा खुवायो Sep11

Tags

Related Posts

Share This

सस्तो आइफोन खोज्नेलाई एप्पलले लोप्पा खुवायो

iphone5c
चिनियाँ र भारतीय कम्पनीहरुले सस्ता एन्ड्रोइड स्मार्टफोन ल्याएपछि बजार हिस्सा गुमाउँदै गएको एप्पलले यसपटक सस्तो आइफोन ल्याउँदैछ भनेर विश्वभर कम्ता हल्ला भएन। टेक ब्लगर र वेबसाइटहरुले लामै पुराण लेखे। नेपाली मिडिया पनि त्यसलाई कपिपेस्ट गर्न कम थिएन। तर महँगो ब्रान्डको छवि बनाएको एप्पलले के खाएर सस्तोमा दिन्थ्यो आफ्नो उत्पादन !

नेपाली समय अनुसार मंगलबार मध्यरात एप्पलले आयोजना गरेको कार्यक्रमले सस्तो आइफोन अझै सपनामात्रै रहेको प्रष्ट पारेको छ।

सस्तो मोडलको आइफोनको रुपमा प्रचारमा ल्याइएको आइफोन सीको सबैभन्दा सस्तो मोडलको अर्थात् १६ जीबीको ५४९ डलर पर्छ। यो भनेको अहिलेको डलरको बजार भाउ अनुसार झण्डै ५८ हजार रुपियाँ हो।

अमेरिकामा दुई वर्ष कन्ट्रयाक्टमा लिँदामात्रै यसको भाउ ९९ डलर भनिएको छ जसमा सिम लक गरिएको हुन्छ र निश्चित अवधिसम्म तोकिएको रकम तिर्नुपर्छ।

३२ जीबीको मोल ६४९ डलर तोकिएको छ। नेपाली रुपियाँ झण्डै ६८ हजार। भाउले बताउँछ यो सस्तो हैन महँगै आइफोन हो। खासमा यो गत हप्तासम्म आइफोन फोर एसकै मूल्य हो।

आइफोन फोर एसको मोल भने अहिले ४५० डलर बनाइएको छ। अमेरिकामा कन्ट्र्याक्टमा किन्ने हो भने यो निःशुल्क पाइनेछ।

आइफोन फाइभ भने अब एप्पलले बेच्ने छैन। त्यसको ठाउँमा आइफोन फाइभ एस ल्याइएको छ।

फाइभ एसको मोल झनै चर्को छ। १६ जीबीको ६४९ डलर, ३२ जीबीको ७४९ डलर र ६४ जीबीको ८४९ डलर।

लौ खुवाएन त सस्तो आइफोन खोज्नेलाई एप्पलले लोप्पा !

468 ad