Tags

Related Posts

Share This

संसारका १० छि भन्नुपर्ने कुकुरहरु

a97635_Abby
कुकुर भनेपछि धेरैले राम्रो खाले कुकुर नै सम्झन्छन्। तर सबै कुकुर हेरिरहुँ झैँ राम्रा कहाँ हुन्छन् र। कुनै कुनै त देख्ने बित्तिकै छ्या भन्नुपर्ने खालका पनि हुन्छन्। त्यस्तै केही कुकुरको संगालो हो यो। माथिको फोटो एबी नामको कुकुरको हो। चिहुवाहुवा जातिको यो कुकुरले सन् २०१० को विश्वकै कुरुप कुकुरको उपाधि जितेको थियो।

a97635_elwood
एलउड नाम गरेको यो कुकुर चाहिँ सन् २००७ को कुरुप कुकुर प्रतियोगिताको विजयी हो। यसले कुरुप भएकै कारण हजार डलर पुरस्कार जितेको थियो।

a97635_gus
गुस नामको यो कुकुर चाहिँ सन् २००८ को कुरुप कुकुर प्रतियोगिताको विजेता हो। यसको तीन वटा खुट्टा मात्रै थियो। उपाधि जितेको पाँच महिनामै यो मर्‍यो।

a97635_Hubble
यसको नाम हो हब्बल। यो बेलायतको सबैभन्दा कुरुप कुकुर उपाधि विजेता हो।

a97635_missellie
मिस एली नामको यो कुकुर्नी १७ वर्षकी भई। सन् २००९ को एउटा कुरुप कुकुर प्रतियोगिता यसले जितेकी थिइ।

a97635_munchkin
मञ्चकिन नामको यो कुकुरले चाहिँ कुरुप कुकुरका धेरै प्रतियोगिताहरु जितिसक्यो। विश्वका धेरै टिभी र छापाहरुमा यो कुकुर छाइसकेको छ।

a97635_pabst
क्यालिफोर्नियामा सन् २००९ मा भएको कुरुप कुकुर प्रतियोगिता जित्ने यो कुकुरको नाम प्याब्स हो।

a97635_rascal
रास्कल नामको यो कुकुरको चैँ विशेषतै अर्कै। यसको आमा, हजुरआमा र हजुरबुबा तीनै वटाले कुरुप कुकुर प्रतियोगिताको उपाधि जितेका थिए।

a97635_sam2
साम नामको यो कुकुरले चाहिँ सन् २००५ मा क्यालिफोर्नियामा भएको कुरुप कुकुर प्रतियोगिता जितेको थियो। त्यही वर्षको नोभेम्बरमा यो मर्‍यो।

a97635_ug2
अग नामको यो कुकुर सन् २०१० मा बेलायतको सबैभन्दा कुरुप कुकुर घोषित भएको थियो।

468 ad