Shahrukh Youtube ma prachar gardai Sep28

Tags

Related Posts

Share This

Shahrukh Youtube ma prachar gardai


शाहरुख खानले युट्युबमा आफ्नो नयाँ महत्त्वाकांक्षी फिल्म रा.वनको प्रचार थालेका छन्। युट्युबमा हिन्दी फिल्मको कस्टम च्यानल बनेको यो पहिलो हो। त्यति मात्र हैन उनले गुगल प्लसको प्रचारका लागि त्यसमा भिडियो च्याटसमेत गर्ने सुनिएको छ।

युट्युबसँग मात्र हैन विश्वको सबैभन्दा ठूलो रेमिट कम्पनी वेस्टर्न युनियनसँग पनि मिलेर रा.वन र शाहरुख खानले पैसा कमाउने उपाय खोजिसकेका छन्।

यो फिल्मको रिलिज लन्डन, न्युयोर्क, दुबई र टोरन्टोमा समेत एक साथ गरिने भएको छ।

रा.वन बलिउडको अहिलेसम्म कै सबैभन्दा महँगो फिल्म हो।

यसको युट्युब भिडियो पनि गजबको बनाइएको छ। यसलाई यति चलाखीका साथ बनाइएको छ कि सुरुमा हेर्दा शाहरुख खान तपाईँको कम्प्युटरबाटै बाहिर निस्केको झैँ देखिन्छ। यो भिडियो हेर्न यहाँ क्लिक गर्नुस्‌-

468 ad